मलंगवा नगरपालिका, Gen Z पुस्ताको पहलमा नेपाल बाल संगठनअन्तर्गत रहेको बाल मन्दिरको नवगठित समिति घोषणा गरिएको छ। यस समितिको नेतृत्व अध्यक्ष सन्तोष दास ले गर्ने छन्। अन्य पदाधिकारीहरूमा कार्यकारी उपाध्यक्ष समिर मिकरानी, वरिष्ठ उपाध्यक्ष रौशन यादव र कृष्णा यादव, तथा सचिव रविन्द्र कुमार यादव रहेका छन्।

समितिमा अन्य सदस्यहरूसहित ३१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। नवगठित समिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Gen Z पुस्ताले अगाडि बढाएर गरेको यस पहलले स्थानीय बालबालिकाको विकास र सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।