मलंगवा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ईसा मिकरानीले हिन्दुहरुको महान पर्व बडा दशैं,तिहार तथा छठ पर्वको हार्दिक शुभकामना दिंदै धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई विकसित समाजको आधारशिला भएको बताएका छन्।

हिन्दू–मुस्लिम एकताको उदाहरण प्रस्तुत गर्दै उहाँले हरेक चाडपर्वमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ। यसले व्यवहारमै धर्म मिलेर समाजलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ।

मिकरानीको नेतृत्व र सोचले नगरबासी मात्र नभई सम्पूर्ण समुदायलाई पनि एक–अर्काको संस्कृतिप्रति सम्मान, सद्भाव र सहकार्यतर्फ प्रेरित गरिरहेको छ।