सर्लाही — लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीले सर्लाही क्षेत्र नं. १(क) बाट लगातार दुई पटक भारी मतान्तरले विजयी जनप्रिय विकासप्रेमी युवा नेता मा. उपेन्द्र महतो लाई मधेस प्रदेश सरकारको मन्त्रीमा सिफारिस गरेको छ।

हालै ७ दलिय गठबन्धनको सहयोगमा मा. कृष्णा प्रसाद यादव को नेतृत्वमा मधेस प्रदेश सरकार गठन भएपछि सर्लाही लोसपाले महतोको नाम पार्टीको केन्द्रीय नेतृत्वमा औपचारिक रूपमा सुझाव पठाएको जनाएको छ।

पार्टी सचिव मिथलेश यादव द्वारा जारी विज्ञप्तिमा जनाइएको अनुसार, उपेन्द्र महतो विगत ८ वर्षदेखि अविरल जनमतबाट निर्वाचित भई पनि कुनै लाभ/सेवामूलक पदमा नबस्नु, निरन्तर जनसेवामा समर्पित रहनु र पार्टी तथा जिल्लाको पहिचानलाई उच्च बनाउँदै आएको कारण मन्त्रीमा सिफारिस गरिएको उल्लेख छ।

“पार्टी र जिल्लाको गरिमा उच्च राख्ने पूर्ण विश्वासका साथ सिफारिस गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।