मलंगवा,कात्तिक,१४- सर्लाहीमा आज बिहानदेखि झरी रोकिएको छ ।

बिहीबार बेलुकादेखिको जारी वर्षा आज बिहानदैखि रोकिएपछि जनजीवन केही सहज बनेको छ । पानी पर्न रोकिए पनि यस क्षेत्रमा मौसम धाम्मधुम्म भने भइनै रहेको छ ।

बेमौसमी वर्षाका कारण किसान, मजदुरसहित आम सर्वसाधारण प्रभावित बनेका छन् ।

वर्षाले धान बाली, तरकारी खेती, कोशेबाली लगायत क्षेत्रमा क्षति गरेको किसानले बताएका छन् ।