महोत्तरीको बर्दिबासमा मंगलबार र बुधबार दुई दिनसम्म मौसम पूर्वानुमान सूचनाको आधारभूत जानकारी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रम Climate Resilience Alliance र Mercy Corps को सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

मौसम विभागका सुदर्शन हुमागाईं, अशोक बखरेल तथा मेरसी कोर्प्सका जगदीश डोटेल, प्रमुख स्रोत व्यक्ति रहेका थिए।

कार्यक्रमको अध्यक्षता असमान नेपालकी कोषाध्यक्ष रेखा यादव ले गर्नु भएको थियो। त्यस्तै, कार्यक्रम निर्देशक दिनेश्वर साह, विजय यादव, अशोक यादव, सन्तोष कुमार चौधरीलगायत ८ जिल्लाका पत्रकार सहभागी थिए।

कार्यक्रम SAAN परियोजना अन्तर्गत जलवायु उत्थानशील समुदाय निर्माण तथा अति जोखिममा रहेका घरधुरीलाई सुरक्षित बनाउने उद्देश्य अनुरूप सञ्चालन गरिएको हो।

कार्यशालामा सहभागीहरूले मौसमसम्बन्धी प्राविधिक शब्दावली, सूचना विश्लेषण तथा स्थानीय शैलीमा समाचार प्रस्तुत गर्ने तरिका सिकेका छन्।

सहभागीहरूले सिकेको सीपले जनतालाई समयमै सरल र प्रभावकारी रूपमा मौसमसम्बन्धी सूचना प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।