चन्द्रनगर गाउँपालिका वडा नं.–१ किसनपुरमा सहज एवं जनउत्तरदायी सेवा प्रवाह तथा सुशासनका लागि सेवा प्रदायकहरूको संयुक्त बैठक तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।

वडा अध्यक्ष रामेश्वर महतोको अध्यक्षत्वमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतो प्रमुख आतिथ्यका रूपमा सहभागी भए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह, वडा नं.–३ का अध्यक्ष सिताराम महतो, वडा सदस्यहरू, कर्मचारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थित रहेको थियो।

कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी तथा वडाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको वडा कार्यालयले जनाएको छ।

छलफलमा स्थानीय तहका सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाने विषयमा केन्द्रित गरिएको वडा अध्यक्ष महतोले बताए।

कार्यक्रममार्फत नागरिकलाई समयमै सेवा उपलब्ध गराउने, सेवा समन्वयमा सुधार ल्याउने तथा सुशासन प्रवर्द्धनका उपायहरूबारे सुझाव संकलन गरिएको बताइएको छ।