मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न उद्योग प्रतिनिधि, जिल्ला प्रमुख अधिकारी तथा प्रहरी उपरीक्षकको उपस्थितिमा रोहवा क्षेत्रका अग्निपीडित कृषकसँग उखु आपूर्ति सम्बन्धी छलफल सम्पन्न भएको छ।

छलफलमा गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादव, प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, इन्दु शंकर चिनी उद्योग र महालक्ष्मी सुगर प्रालिका प्रतिनिधि समेत सहभागी थिए। बैठकले गोडैता नगरपालिका–४ स्थित अग्निपीडित कृषकलाई राहत हुने गरी इन्धन उपलब्ध गराउँदै उखु मिलमा आपूर्ति गर्न र उखुको भुक्तानी समयमा गर्न निर्णय गरेको छ।