सर्लाहीमा बुधबार बिहान मोटरसाइकलले पैदल हिँडिरहेका ७० वर्षीय रामविलास महतोलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। घटना मलङ्गवा नगरपालिका–७, मुसैलीका महतोलाई लालबन्दी–नवलपुरस्थित लखन्देही पुल नजिक नवलपुरबाट हरिवनतर्फ गइरहेको मोटरसाइकल (ना ६३ प ५६९४) ले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार महतो घाइते भएपछि तत्काल नवलपुरमा उपचार गराइयो, तर थप उपचारका लागि बिरगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल पछाडी सवार एक महिला सामान्य घाइते भएकी थिइन्, उपचार पछि डिस्चार्ज गरिएको छ।

घटनापछि मोटरसाइकल र चालक नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।