सर्लाही । नेपाल फार्मेसी संघ, मधेश प्रदेशको आयोजनामा सर्लाही जिल्लामा प्रथम जिल्ला भेला आयोजना गरिने भएको छ। उक्त भेला पुस १२ गते शनिबार मलंगवामा आयोजना हुने जानकारी नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य शिव कुमार मिश्रले दिएका छन्।

मिश्रका अनुसार सर्लाही जिल्लाभित्र कार्यरत सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरूको पेशागत हकहित, संगठन विस्तार तथा समन्वय सुदृढ गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो।

भेला राजश्री चोकदेखि पश्चिम १५० मिटर दूरीमा रहेको स्थानमा बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ। कार्यक्रममा जिल्लाभरिका फार्मासिस्टहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम सफल बनाउन सर्लाही जिल्लाका सबै फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।