सर्लाही । क्रिसमस दिवसको अवसरमा सर्लाहीको मलंगवामा मलंगवा मित्र मण्डलीको आयोजनामा विविध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मलंगवा मित्र मण्डलीका पास्टर संजीत मण्डलको अध्यक्षतामा आयोजना गरिएको थियो।

कार्यक्रमको सञ्चालन सगरमाथा आधारभूत आवासीय विद्यालय, मलंगवाका अध्यक्ष तिलक कुमार क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा अतिथि प्रमोद भण्डारी, लखेन्द्र राम, भरत यादव, लोरेन्स क्षेत्री, जोसेफ क्षेत्रीलगायत इसाई धर्मका अगुवाहरुको सहभागिता रहेको थियो।

मलंगवा नगरपालिका–१० स्थित चर्चमा सम्पन्न कार्यक्रममा शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम, प्रवचन, प्रेम भोजका साथै बालबालिकालाई उपहार वितरण गरिएको आयोजकले जनाएको छ।