निरू यादव,कबिलासी — गणेश चतुर्थीको पावन अवसरमा कबिलासीमा आयोजित १४औँ गणेश मेलाको उद्घाटन कबिलासी नगरपालिका मेयरका प्रत्याशी तथा अधिवक्ता दिगेश्वर नायकले गर्नुभएको छ।

मिति २०८३ भदौ २९ गते आयोजित मेलामा विधिवत् पूजा–आराधनासहित धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको छ। प्रत्येक वर्षझैँ यस वर्ष भने पनि दुई दिन आयोजना गरिएको मेलामा स्थानीय श्रद्धालु तथा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको छ।

मेलालाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मेला आयोजक समिति, स्थानीयवासी तथा प्रहरीको सहयोग र समन्वय रहेको आयोजकले जनाएको छ। गणेश चतुर्थीको अवसरमा आयोजित मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ।