मलंगवा,कात्तिक,१४- दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्र, फेज-१ को बी-२९३/२९४ मा भएको थियो।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार कारखाना भित्र छ जना बेहोस अवस्थामा फेला परेका थिए । सबैलाई तुरुन्तै उद्धार गरी उपचारका लागि मंगोलपुरीस्थित संजय गान्धी मेमोरियल अस्पताल लगिएको थियो।

उनका अनुसार ६ जनामध्ये ४ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

आगलागी भएको कारखाना जुत्ता उत्पादन गर्ने एकाइ हो, जहाँ जुत्ताहरू बनाइन्छ र यस परिसरमा भण्डारण गरिन्छ।