मलंगवा,कात्तिक, १९ –सर्लाहीको बरहथवा निवासी संजय कुमार जयसवाल ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सामाजिक सक्रियता र नेतृत्व क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘सोसल एक्टिभिस्ट एन्ड लिडरसिप’ विधाअन्तर्गत सम्मान गरिएको हो।

मधेशका सात जिल्लासहित रुपन्देहीका १० जना युवालाई कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो। सम्मानले सामाजिक क्षेत्रमा थप सक्रिय हुन प्रेरणा मिलेको जयसवालले बताएका छन्।