मलंगवा,कात्तिक,२०- डलर देखाएर ठगी तथा लुटपाट गर्दै आएको आरोपमा प्रहरीले २८ वर्षीय सुजन तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको छ। काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका तामाङविरुद्ध यसअघि नै आठवटा मुद्दा दर्ता भई अनुसन्धान भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङको समूहले सस्तोमा डलर साटिदिने प्रलोभन देखाएर व्यवसायीलाई एकान्त स्थानमा बोलाउने र डलरको सट्टा कागजको बिटो दिएर रकम लुट्ने गरेको थियो। पक्राउ गर्ने क्रममा तामाङले चक्कु प्रहार गर्दा एक प्रहरी जवान घाइते भएपछि प्रहरीले गोली चलाएको हो।