राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालय मलंगवाको २४ औँ वार्षिक साधारण सभाको अवसरमा  सबै भन्दा बढि निक्षेप संकलन गर्ने संस्थाका फिल्ड कार्यकर्ता मलंगवाका खुसिलाल राय सम्मानित भएको छ ।

२४ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले सबै भन्दा बढी ९ करोड ८४ लाख २५ हजार ९ सय ८३ रुपैया निक्षेप संकलन गरेर सर्वोउत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल भएका मलंगवाका खुशीलाल रायलाई कदरपत्र र पुरस्कार द्वारा सम्मानित गरिएको छ ।

 

यादवसंगै ८ करोड ८२ लाख ५ हजार ८० रुपैया निक्षेप संकलन गरेर दोस्रो स्थान हासिल गर्न सफल मलंगवाकै सतिश कुमार मल्लिक र सेवाकेन्द्र जनकपुरका सुनिल प्रसाद सिंहले ७ करोड ७३ लाख ६६ हजार ३ सय ५ रुपैया निक्षेप संकलन गरेर तेस्रो स्थान हासिल गर्न सफल भएका दुबै जनालाई पनि कार्यकारी अध्यक्ष यादवले कदर पत्र र पुरस्कारले सम्मानित गर्नुभयो ।