लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित फौदसिंह माध्यमिक विद्यालयलाई नगरपालिकाले स्कुल बस उपलब्ध गराएको छ ।

नगरपालिकाले हिजो सरस्वती पूजाको अवसर पारेर विद्यालयलाई एक थान स्कुल बस प्रदान गरेको हो । नगर उपप्रमुख कल्पनामाया पाख्रिन, वडाध्यक्ष विष्णुहरि अधिकारी र शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीले विद्यालयलाई बसको साँचो हस्तान्तरण गरेका छन् । सोही कार्यक्रममा हिजै नगर उपप्रमुख पाख्रिनले ४ कोठे विद्यालय भवनको शिलान्यास समेत गरेकी छन् ।