श्री सागरनाथ महादेव मन्दिर संरक्षण समितिको दशौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। आज मन्दीर परिसरमा मन्दिर संरक्षण समितिका अध्यक्षय कमल मैनालीलेको अध्यक्षेतामा संपन कायक्रम बाट सुशील कुमार थपलियाको अध्यक्षमा ७ सदसय समिती गठन गरिएको छ ।
नवगठित कार्यसमितिमा उपाध्यक्ष तेज बहादुर कार्की, कोषाध्यक्ष जीत कुमारी भुजेल, सचिव अमृत कुमार उप्रेती, सदस्यहरू कमला देवी शर्मा, डम्बर विश्वकर्मा, र सोम कुमार राना चयन भएका छन्।

अधिवेशनमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थपलियाले मन्दिरको संरक्षण, प्रवद्र्धन तथा धार्मिक पर्यटन विकासका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय बासिन्दा, भक्तजन तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।