मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १२.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७४० मा कायम भएको छ ।बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो ।८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो ।यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६.८ र ४.३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो । साथै सो सेक्टरका नेपाल वेयरहाउजिङ, नेपाल टेलिकम, मुक्तिनाथ कृषि कम्पनीको मूल्य पनि बढ्यो ।८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो ।यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६.८ र ४.३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो । साथै सो सेक्टरका नेपाल वेयरहाउजिङ, नेपाल टेलिकम, मुक्तिनाथ कृषि कम्पनीको मूल्य पनि बढ्यो ।