यही फागुन १६ र १७ गते काठमाडौंमा हुने २४ औँ आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताका लागि आज सर्लाहीमा खेलाडी छनौट गरिएको छ ।लालबन्दी ६ स्थित कम्युनिटी आवासिय विद्यालयको मैदानमा खेलाडी छनौट गरिएको नेपाल अन्तराष्ट्रिय आइटिएफ तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए । उनँका अनुसार संघका मधेश प्रदेश अध्यक्ष दीक्षा खतिवडाको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा खेलाडी छनौट कार्यक्रम सम्पन्न गरिएको हो ।राष्ट्रिय प्रतियोगिताका लागि २५ देखि ६० केजी तौल समूहमा महिला र पुरष गरी १३ जना खेलाडी छनौट गरिएको छ । छनौटमा परेका खेलाडीमा पुरुषतर्फ दीपसन गोले, सक्षम श्रेष्ठ, एलेक्स जेन्डर राय, अविशेक यादव, सर्मपण गहतराज, आर्य प्रजापति र सुनिल महतो रहेका छन् ।त्यस्तै महिलातर्फ लक्ष्मी कार्की, कविता महतो, सुमिना मगर, मुना विक, खुसी स्याङ्बो र मूूना विक रहेका छन् ।