सर्लाहीमा दुुई रातदेखि निरन्तर जङ्गली हात्तीको समूहले उपन्द्रो मच्चाइरहेको छ ।महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरेर सर्लाही प्रवेश गरेका पाँचवटा जङ्गली हात्तीले घर भत्काउने, घरभित्र राखिएको अन्नपात खाइदिने र बालीनाली नष्ट गर्ने गरिरहेको हो । हात्तीले गएराति लालबन्दी नगरपालिका–१७, रानिगन्जमा स्थानीय शिवहरि गौतमले गरेको केरा खेतीमा व्यापक क्षति पुुर्याएको छ ।हात्तीको समूहले २०० भन्दा बढी केराको बोट नष्ट पारेको गौतमले बताएका छन् । यसै वर्षदेखि व्यावसायिकरुपमा केरा खेती गरेका युवा गौतमलाई हात्तीको समूहले ठूलो क्षति पुुर्याएको हो ।हात्तीले केरा खेती आसपासमा अन्य किसानले लगाएको उन्नत जातको मकै बालीमा समेत क्षति पुुर्याएको छ । आज बिहान ५ बजेतिर केरा खेतीमा पानी पटाउन जाँदा हात्तीको हूल आएर व्यापक क्षति पुु¥याएको देखिएको गौतमले उज्यालो अभियानसँग गुनासो पोखे ।जङ्गली हात्तीको बथान नै आएपछि रानिगन्ज क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।यही हात्तीको समूहले मङ्गलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा एक विपन्न परिवारको घर भत्काइदिएको थियो । हात्तीले ८६ वर्षीया धनमाया तामाङको कच्ची घर भत्काइदिएको स्थानीय वीरबहादुर पाख्रिनले बताएका छन् ।