नेकपा एमाले लालबन्दीको अध्यक्षमा उज्वलकुमार कार्की विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य ९उमेश० लाई ४७ मतले पराजित गर्दै कार्की अध्यक्षमा चुनिएका हुन् । कार्कीले १६५ र आचार्यले ११८ मत प्राप्त गरेका छन् । एमाले लालबन्दीको दोस्रो नगर अधिवेशन अन्तर्गत आज लालबन्दी ६ स्थित मदन आश्रीत भवनमा मतदान भएको थियो । मतदानमा ३०९ जना प्रतिनिधिमध्ये २९९ जनाले मतदान गरेका थिए ।

यस्तै, एमाले लालबन्दीको उपाध्यक्षमा ११७ मतसहित हेमप्रसाद पौडेल, सचिवमा १६७ मतसहित वर्षाकुमारी लामा, सहसचिवमा बिक्रम खड्का १७२ मतसहित र सहसचिव महिलामा १४२ मतसहित नैनकुमारी चौधरी बिजयी भएका निर्वाचन समितिले जनाएको छ ।