सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ स्थित रबि होटल नजिकै हतियारसहित बसिरहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ २३ वर्षीय दिपक साहलाई पक्राउ गरेको हो। उनी ईश्वरपुर नगरपालिका–४ निवासी राजदेव साहका छोरा हुन्।

प्रहरी निरीक्षक किशोरी यादवको कमाण्डमा खटिएको टोलीले साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र एक थान गोली बरामद गरिेएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिनुभयो । पक्राउ परेका युवकमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेर प्रक्रिया अघि बढाएको डिएसपी राईले बताए ।