सर्लाहीमा पनि  विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकारले शाखाको लालबन्दी १ नवलपुरस्थित निर्माणाधीन भवनस्थलमा भेला भएर विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका हुन् । प्रेस स्वतन्त्रता रक्षाका लागि संचारगृह र संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिए ।

कार्यक्रममा महाँसंघकी उपाध्यक्ष बन्दना झा,सचिव सोमदयाली लगायत संचारकर्मीहरु सहभागि रहेको थियो । यसैगरी नेपाल पत्रकार महासंघको आब्हानमा आज देशभरका पत्रकारले प्रभातफेरि, अन्तरक्रिया, स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका छन् ।