प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्र सिंह जोहारीले आजबाट इलाका प्रहरी कार्यालय लालबन्दीको नेतृत्व सम्हालेका छन् ।

१० दिनअघि प्रहरी प्रधान कार्यालयले १२१ जना इन्स्पेक्टरको सरुवा गर्दा जोहारीलाई प्रहरी वृत्त जनसेवा काठमाडौंबाट लालबन्दी पठाइएको थियो । उनी आज लालबन्दी आएर इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हालेका हुन् ।

इन्स्पेक्टर जोहारीलाई लालबन्दीका प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीले स्वागत गरेका छन् ।

यसअघिका प्रहरी निरीक्षक सुजन पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठमाडौंमा सरुवा भएर गएका छन् ।