सर्लाहीको विष्णु गाउँपालिका वडाध्यक्षमाथि कुटपिट भएको छ । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–७, दुलवा बत्रौलमा आज दिउँसो  वडाडाध्यक्ष जवाहरलाल यादवलाई गाउँकै केही स्थानीयले कुटपिट गरेका छन्।

वडाध्यक्ष यादवका अनुसार, श्री समाजिक विद्यालयसँग सम्बन्धित सामान्य विवाद मिलाउन आफू गाउँ पुगेका थिए। विवाद सुल्झाउने प्रयासकै क्रममा गाउँका केही स्थानीय व्यक्तिहरू आक्रोशित हुँदै कुटपिटमा उत्रिएको उनले बताएका छन्।

झगडा बढ्दै गएपछि प्रहरीलाई समेत घटनास्थलमा बोलाइएको थियो।