बुधबार बिहान आएको हावा हुरीका कारण एक गोठ भत्किँदा दुईवटा भैँसीको मृत्यु भएको छ। सर्लाहीको बागमती नगरपालिका–३ मा बिहान आएको तीव्र हावाहुरीले स्थानीय रामप्रताप रायको काठको संरचना रहेको खपडाले छाएको गोठ भत्किएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार
भत्किएको गोठमा रहेका १३ वटा भैँसीमध्ये २ वटा भैँसीको घटनास्थलमै मृत्यु भएको छ भने २ वटा सामान्य घाइते भएका छन्। बाँकी ९ वटा भैँसी सकुशल रहेका छन्।

घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। गोठ र चौपायासहित करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।