नेपाल भारत विकास मंचको आयोजनामा सर्लाहीको बलरा नगरपालिका–१, हथिऔलमा एकदिने स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजित कार्यक्रममा कुशल चिकित्सकहरूद्वारा उपचार सेवा प्रदान गरिनुका साथै निशुल्क औषधि वितरण गरिएको थियो। साथै, लामखुट्टेबाट हुने रोगबाट बच्न स्थानीयलाई झुल पनि वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, नागरिक समाज महासचिव शिवचन्द्र चौधरी, र नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सरोज यादव लगायतको उपस्थिति रहेको थियो।

जनस्वास्थ्यप्रति देखाइएको योगदानप्रति नेपाल भारत विकास मंच परिवारलाई सहभागी सबैले धन्यवाद ज्ञापन गरेका थिए।