बाराको कलैया उपमहानगरपलिका–१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–१४ बघवन टोल बस्ने ३८ वर्षीया रन्जु जैसवाल तथा उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन् ।

 


पुरानो रिसइवीको कारण उमेश समेत ६ जना व्यक्तिहरूले गत जेठ २० गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दु राउतको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो ।