रामनगर गाउँपालिका प्रमुख तथा युवा नेता राजाबाबु यादवको पहलमा एकादशी नदीमा टटबन्ध (बाँध) निर्माण कार्य सम्पन्न भएको छ।

घामले जलिरहेका र सिँचाइको अभावमा धान सुक्न थालेका छोटौल, बैरिया, बहुअर्वा, खैर्वा र ईनर्वाका किसानहरूका लागि यो कार्य राहतस्वरूप बनेको छ।

बाँध निर्माणसँगै रोपाइँ सहज हुने र सुक्न थालेको बाली बच्ने विश्वास किसानहरूले व्यक्त गरेका छन्।

गाउँपालिका प्रमुख यादवले समयमै निर्णय लिँदै किसानहरूको पीडा कम गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।