आज नेपालसहित हिन्दु धर्मावलम्बी क्षेत्रमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदैछ।

यस दिन ब्राह्मण, क्षेत्री समुदायका पुरुषहरूले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने परम्परा छ। साथै, दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु र सुख-समृद्धिका लागि राखी बाँध्ने र टिका लगाउने चलन छ।

जनै पूर्णिमाको अवसरमा देशभरका तीर्थस्थलहरूमा स्नान, पूजा तथा धार्मिक अनुष्ठानमा भक्तजनको भीड लागेको छ,भने बजारमा बिहानैदेखी मानिसहरुको चहलपहल बढेको देखिन्छ ।