सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी निरीक्षक राजोश घिमिरेलाई ‘बेस्ट ट्राफिक प्रहरी अफ द मन्थ (साउन २०८२)’ सम्मान प्रदान गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराले घिमिरेलाई ट्राफिक व्यवस्थापनमा देखाएको उल्लेखनीय योगदानका आधारमा सम्मान गरेको हो।

सवारी साधनको व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, TVRS प्रणाली संचालनमा सहयोग, राजस्व संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा विभिन्न निकायसँगको समन्वयमा सक्रिय भूमिका निर्वाह गरेबापत घिमिरे उत्कृष्ट ठहरिएका हुन्।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार प्र.नि. घिमिरेको नेतृत्व र प्रतिबद्धताले सर्लाहीमा ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी बनेको छ। यसै योगदानको कदर गर्दै उनलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो।