विश्व बन्धुत्व दिवसको अवसरमा तथा राजयोगिनी प्रकाशमणी दादीजीको १८औँ पुण्यतिथि स्मरण गर्दै नेपालमा विशेष रक्तदान अभियान हुने भएको छ।

ब्रह्माकुमारिज समाज सेवा प्रभाग, नेपालको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी (NRCS) को सहकार्यमा भदौ ६ गते विशाल रक्तदान कार्यक्रम आयोजना गरिँदैछ।

“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नाराका साथ हुने यस अभियानमा धेरै संख्यामा स्वयंसेवकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

समाजसेवा र मानवताको भावना जागृत गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यसपटक पनि रक्तदान अभियान आयोजना गर्न लागिएको हो।