सर्लाहीको ईश्वरपुर नगरपालिकामा बालविवाह अन्त्यका लागि आज अपाङ्गता भएका व्यक्तिहरूद्वारा चार पाङ्ग्रे स्कुटी र्याली निकालिएको छ। Save the Children को सहयोगमा ग्रामीण नारी उत्थान संघ, ईश्वरपुर नगरपालिका र डुपुस नेपालको आयोजनामा गरिएको र्यालीमा ३५ जना सहभागी रहेको अध्यक्ष रामकैलाश महतोले जानकारी दिए ।

कम उमेरमा हुने विवाहका शारीरिक, मानसिक र सामाजिक समस्याबारे सचेतना फैलाउने उद्देश्यले गरिएको कार्यक्रममा नगरप्रमुख मनोजकुमार आचार्य र वडाध्यक्ष सितकुमार महतोलगायतको सहभागिता थियो।