मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीको नेतृत्व रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सिंहलाई पदबाट राजीनामा गर्न जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्देशन दिनुभएको थियो । पार्टी अध्यक्ष राउतको सल्लाहमै आफूले पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । ‘जेन जी’ को आन्दोलनमा भएकाे क्षतिले दुःखी बनाएको सिंहको भनाइ छ ।