सर्लाहीको मलंगवा–१० स्थित विजडम कोचिङ एण्ड इन्स्टिच्युटमा ब्रीज इन्टरनेशनल प्रालिको १९औँ शाखा आज एक समारोहका बीच उद्घाटन गरिएको छ। वैदेशिक अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको कन्सल्टेन्सीले विदेश जान चाहने विद्यार्थीका लागि योग्य परामर्श, भाषा तालिम तथा भिसा प्रक्रियासम्बन्धी सहयोग उपलब्ध गराउने जनाएको छ।

उद्घाटन कार्यक्रममा मधेश प्रदेशका पूर्व अर्थमन्त्री सञ्जय यादव प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। वडा प्रशासनिक अधिकृत होमप्रसाद घिमिरे विशिष्ट अतिथिका रूपमा उपस्थित रहे।

कन्सल्टेन्सीका एक्जिक्युटिभ चेयरम्यान भुवन गिरीले क्यानडा, अस्ट्रेलिया, युके, जापानलगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

विजडम कोचिङका निर्देशक तथा शाखा प्रमुख बिरेन्द्र जयसवालले विद्यार्थीको नेतृत्व विकास, भाषा कक्षा, भिसापछि आवश्यक ओरियन्टेशन सेमिनार लगायतका सेवा प्रदान गरिने जानकारी दिए।