महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय राजविराज (सप्तरी) ले आफ्ना सदस्यहरूलाई लक्षित गरी एक दिने च्याउ उत्पादनसम्बन्धी सीपमूलक तालिम आयोजना गरेको छ।

मिति २०८२ साल मंसिर २८ गते सम्पन्न उक्त तालिममा च्याउ उत्पादनसम्बन्धी व्यावहारिक ज्ञानमा विशेष जोड दिइएको थियो। तालिममार्फत सदस्यहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यस अवसरमा सदस्यहरूलाई वित्तीय साक्षरतासम्बन्धी सहजीकरण समेत गरिँदै व्यवसायिक सोच विकास र उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइएको थियो।

तालिम सदस्यहरूको सक्रिय सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको शाखा कार्यालयले जनाएको छ।