पुस १८ हरिपुर्वा । राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र बागमती सेवा समाज नेपाल (BWSN) को आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVI Nepal) को आर्थिक सहयोगमा आज २०८२/०८३ को लागि कार्यक्रम संचालन तथा बितेको २०८१/०८२ मा गरिएको कार्यक्रम तथा उपलब्धिको बारेमा छलफल गरिएको छ ।

बैठकमा २०८१/०८२ मा सञ्चालन गरिएका कार्यक्रम तथा उपलब्धिबारे समीक्षा गर्दै २०८२/०८३ का लागि कार्यक्रम सञ्चालनबारे छलफल गरिएको थियो। राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सर्लाहीले पोषण तथा उत्थानशील जीविकोपार्जन (NRL) परियोजना अन्तर्गत ५३१ अति विपन्न घरपरिवारलाई व्यवसायिक सहयोग, १,१८४ घरपरिवारलाई कृषि सामग्री सहयोग तथा ६ वटा गाउँघर क्लिनिक भवन निर्माण गरिएको जानकारी कार्यक्रम प्रबन्धक राम कुमार यादवले दिनुभयो।

त्यसैगरी २०८२/०८३ देखि पाँच वर्षे अवधिका लागि बाल समृद्धि र एकीकृत विकासका लागि ‘हातेमालो परियोजना’ सञ्चालनमा आएको जानकारी दिइयो। कार्यक्रममा परियोजनाका उद्देश्य र आगामी योजनाबारे प्रस्तुति राखिएको थियो।

हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साहको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख सुमिन्त्रा देवी ग्वारिन, वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।