हरिवनस्थित चापिनी खोलाको पुरानै पुलमा माटो हुरेर बिहान साँढे ८ बजेपछि पूर्वपश्चिम राजमार्ग सूचारु गरिएको छ ।

राति भएको भारी वर्षाका कारण खोलामा बाढी आउँदा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । हाइवेलाई ६ लेनको बनाउन पुल निर्माणको काम भइरहँदा डाइभर्सन बनाएर गाडी पास गराउने गरिएको थियो । सोही डाइभर्सन राति बगाएपछि बिहान साँढे ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । अहिले राजमार्ग सूचारु भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।