दक्षिण-पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिका-३, हरकठवामा चार दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन् ।

स्थानीय रामविनय यादवकी छोरी १० वर्षीया चाँदकुमारी यादव मृत फेला परेकी हुन् । गत आइतबारदेखि बेपत्ता बालिकालाई परिवारका सदस्य, गाउँले र प्रहरी भएर खोजी गरिरहेका थिए । सबै जना मिलेर खोजी गर्नेक्रममा गएसाँझ बालिकालाई मृत फेला पारिएको हो ।

बालिकालाई धनकौल-४ स्थित मनुष्मारा खोलामा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीले बताए । बालिकाको नुहाउनेक्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।