अनौतिक प्रेम सम्बन्धको कारण महोत्तरीमा एक युवकलाई हत्या गरी सेफ्टी टयाँकमा लुकाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भंगहा नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ को विवेक कुमार सरदारलाई अनैतिक प्रेम सम्बन्धको कारणले महोत्तरीको घर बोलाएर हत्या गरि शवलाई टुक्रा–टुक्रा पारि शौचालयको सेफ्टी ट्यांकमा लुकाइएको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बलवा नगरपालिका वडा नं. ७ बनौटा बस्ने वर्ष ५८ को अशोक कुमार ठाकुर, उनकी श्रीमती वर्ष ५० की रामकली देवी, बुहारी वर्ष २२ की सोनु कुमारी ठाकुर तथा महोत्तरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २८ को सियाराम शर्मा रहेका छन् ।

सोही घटनामा अशोक कुमार ठाकुरका छोरा जितेन्द्र कुमार ठाकुर भने फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिप्रका महोत्तरीका सूचना अधिकारी इन्सपेक्टर विश्वम्भरनाथ साहका अनुसार मृतक विवेक कुमार सरदार भदौ १५ गते जलेश्वर नगरपालिका वडां नं. ११ पिगौनास्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल चढेर भंगहास्थित घर जाने क्रममा बाटोबाटै हराएको भनि भदौ १६ गते घरपरिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । सोही दिनदेखि खोजतलास तथा अनुसन्धानपछि भदौ २६ गते शव विभित्स रुपमा शौचालयको सेफ्टी टयाँकमा फेला परेपछि घटना बारे गम्भीर रुपमा अनुसन्धान थालिएको छ ।

सिसिटिभी फोटो तथा टेक्निकल एनालाइसिसपछि विवेक बलवा नगरपालिका ७ बनौटाबाट हराएको देखिएपछि थप अनुसन्धान गर्दै जाँदा प्रहरीले बलवा नगरपालिका–७ बनौटा निवासी अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्यांकीभित्र टुक्रा–टुक्रा पारिएको अवस्थामा भदौ २६ गते विवेकको शव फेला पारेको थियो । सो घटनामा पक्राउ परेका अशोक कुमार ठाकुरका बुहारी तथा जितेन्द्र कुमार ठाकुरकी श्रीमती सोनु कुमार ीसँग मृतक विवेकको प्रेम सम्बन्ध रहेको र सोही कारण योजनावद्धरुपमा उनलाई घर बोलाएर हत्या गरि धारिलो हतियारले शवलाई टुक्रा टुक्रा पारि प्रमाण मेटाउन शौचालयको सेफ्टी टयाँकमा राखेर माथिबाट सिमेन्ट बालुवा राखेर प्लास्टर गरिएको थियो ।

इन्सपेक्टर साहले थप अनुसन्धानको लागि जिल्ला अदालत महोत्तरीबाट सात दिन म्याद समेत थप गरिएको जानकारी दिएका छन् । अनौतिक प्रेम सम्बन्धका परिणाम यस्तोसम्मको क्रुर र भयावह अवस्था आउँछ भन्ने विवेक यादवको हत्या घटनाको यो उदाहरणले देखाउँछ ।