सर्लाही सहित मधेश प्रदेश बालविवाहमा अगाडी छ । संख्याको आधारमा हेर्दा बालविवाह घटेपनि नियन्त्रन हुन सकेको छैन। जिल्लमा बालविवाह भएपनि गोप्य तरिकाले विवाह हुने गरेको छ । बालविवाह समाजिक अपराध भएपनि सर्लाहीमा बालविवाहको संख्या उच्च रहेको देखिएको छ । सिमित समूदायमा बिशेषगरी दलितहरुको बालवालिका सानै उमेरमा विवाह गर्ने गरेको पाईएको छ । उनीहरु शिक्षाको पहुच नहुदा,परिवारिक समस्या,बालिका प्रतिको दृष्टिकोण फरक देखिएकाले पनि उनीहरु उमेर नपुग्दै बाल विवाह गर्ने गरेको ईश्वरपुर नगरपालिकाका स्थानिय राम दयाल माझीले जानकारी दिए ।
उनका अनुसार अझै पनि दलित समुदायहरुमा केटाकेटीहरुको विवाह गरि अभिभावका स्वतन्त्र हुने जस्तासोचले उनीहरु बालविवाह गर्ने गरेको माझीले बताए ।
सर्लाहीमा गत आर्थिक बर्ष ०८०/०८१ मा १ वटा मुदा दर्ता भएको छ भने चालु आर्थिबर्ष ०८१ /०८२ मा ३ वटा मुदा दर्ता भएको तथ्यांक रहेको छ ।
बलवालिका पढदै गर्दा नजिक भएर समय नपुग्दै घरपरिवारलाई केही जानकारी नै न दिई भाग्ने गरेको खण्डमा अधिकांश मूदाहरु दर्ता गर्न आएका हुन्छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठका अनुसार जिल्लामा बालविवाह भए पनि त्यसको सूचना आउने गरेको छैन्।
बालविवाह रोकन विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिए पनि त्यो प्रभावकारी हुन नसकेको नागरिक समाजहरुको भनाई छ ।
‘नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भए पनि अझै बालविवाह हुँदै आएको छ’, बुद्धिजीवी तथा दलित अगुवाराजेश पासवानले ले भने, ‘उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति मौलाएको छ।’ सर्लाही सहित मधेश प्रदेशमा बालविवाह कानुनी अपराध मान्यता सहित सरकारी तथा गैर सरकारी संस्थाले लामो समय देखि जनचेतनामूलक कार्यक्रम गर्दे आए पनि यसले अझै सार्थकता पाउन सकेको छैन् ।
मुलुकी अपराध संहिता२०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नूरगराउनू हुँदैन, गराएमा त्यस्तो विवाह स्वतःबदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
स्थानिय सरकारले ठोस कानुनी प्रवधान सहित विद्यालयहरुमा पनि बालवालिकाहरुलाई बालविवाह सम्बन्धि जनचेतना बिशेष कक्षा संचालन गर्नु पर्ने आवश्यक देखिन्छ ।