मलंगवा,कात्तिक, ११ –  जर्मनीकी संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छिन्। भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य सेवा र भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनेछिन्।

जर्मनीले भोटेकोशी बाढीको प्रतिकार्यका लागि १ करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ। भ्रमणका क्रममा डा. कोफ्लरले नुवाकोटको स्थलगत भ्रमण गर्नुका साथै सरकारी अधिकारी, स्वास्थ्यकर्मी, नागरिक समाज र प्रभावित नागरिकसँग छलफल गर्ने कार्यक्रम छ।