सुरक्षित आप्रवासनको आधार ,सूचना र सिप सहितको रोजगार भन्ने मूलनारा सहित सर्लाही सदरमुकाम मलंगवामा जनचेतना मुलक सडक नाटक तथा दिप प्रज्वलन गरि कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
अन्तर्राष्ट्रिय सुरक्षित अप्रवासी कामदार दिवसक २०२४को अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।


मलंगवा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोेपाल कुमार अधिकारी,नेपाल प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी उपरिक्षक विनोद राज खनाल लगायत मलंगवा नगरपालिका कार्यालयका कर्मचाीहरुको आतिथ्यता रहेको थियो ।
वैदेशिक रोजगारमा जाने कामदारलाई राज्यले निशुल्क सिपको व्यवस्था गरे पनि जानकारी नहुदा युवाहरु वैदेशिक रोजगारमा ठगिने गरेको प्रमुख अतिथि सिंहले बताउनुभयो ।

बुधवार दिउसो मलंगवा नगरपलिका चौकमा आयाजित सडक नाटकमा वैदेशिक रोजगारमा जानुपुर्व प्रकृया पुर्याएर सिप सिकेर विदेश नजदा हुने समस्या,मृत्यु हुदा कामदारले पाउने क्षति पुर्ती,सुरक्षित आप्रवासनको भुमिका लगायतको सूचनाहरु नाटक मार्फत देखाएका छन्।
स्वागत मन्तवय मलंगवा नगरपालिकाका सलिम मिकरानीले राख्नुभएको कार्यक्रममा सुरक्षित आप्रवासन केन्द्र सर्लाही अध्यक्ष दिनेश राय,सामीका कार्यक्रम संयोजक राजनारायण सिंह,पुर्णमाया पोखरेल लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।