बाल बिवाह अन्त्य गर्नका लागि धार्मिक अगुवाहरुको भुमिका सम्बन्धि दुई दिने अन्तरकृया गोष्ठी बिहिवार समपन्न भएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ,हरिपुर नगरपालिका, महोतरीको पिपरा गाउपलिका र जलेश्वर नगरपालिकामा गठन गरिएको अन्तर धार्मिक संजाल पदाधिकारीलाई बाल विवाह अन्तयका लागि धार्मिक अगुवाहरुको भुमिका बारे अभिमुखिकरण गोष्ठी लालबन्दी स्थित युनाइटेड होटेलमा सम्पन्न भएको छ ।
निरन नेपालको आयोजनामा भएको कार्यक्रममा संजालका जिल्ला अध्यक्ष डा अब्दुर रहिम मिकरानी,निरन नेपालका केन्द्रिय पुर्व आध्यक्ष हर्ष बहादुर थापा, जिल्ला सचिव तिलक कुमार क्षेत्री, ईश्लामिक संघका नजरुल हुसैन,मानव अधिकारकर्मी अर्जुन कुमार साहले सहभागी धार्मिक अगुवाहरुलाई बाल विवाह नियन्त्रमा धार्मिक अगुवाहरुको भुमिक बारे प्रशिक्षण प्रदान गर्नुभयो ।

अन्तर धार्मिक संजाल (निरन नेपाल)को आयोजना यु एस ए आइ डी,सेभ द चिल्ड्रेनको सहयोग तथा सिडब्लुआइएन (CWIN)नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको निरन नेपाल मधेश प्रदेश कार्यक्रम अधिकृत आशिष चौधरीले जानकारी दिनुभयो । दुई दिने कार्यक्रममा सहभागी महोतरी र सर्लाहीका बिभिन्न पालिकाका धार्मिक अगुवाहरुलाई प्रमाण पत्र प्रदान गरिएको अन्तर धार्मिक संजाल जिल्ला कार्य समितिी सर्लाहीका सचिव तिलक क्षेत्रीले जानकारी दिनुभयो ।

अन्तर धार्मिक संजाल जिल्ला कार्य समिति सहित जिल्लाका चन्द्रनगर गाउँपालिका,ईश्वरपुर नगरपलिका,हरिपुर नगरपालिका,हरिपुर्वा नगरपालिका सहित विभिन्न पालिकाहरुमा धार्मिक अगुवाहरुद्धारा समिति गठनगरी बाल विवाह नियन्त्रका लागि बिभिन्न कार्यक्रम गर्दे आएको छ ।