प्रहरीले  सर्लाहीको विकट क्षेत्रस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोला पुगेर करिव १२ बिघाको गाँजा खेती नष्ट गरेको छ ।

सर्लाहीका प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी प्रमुख (एसपी) विनोदराज खनालको नेतृत्वमा नारायणखोला पुगेको ठूलो संख्यामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले त्यहाँको पाखो बारीभित्तामा लगाइएको गाँजा खेती फाँडेर नष्ट गरेको हो ।

सिन्धुलीको मरिणसँग सीमा जोडिएको नारायणखोलाका स्थानीयले आयआर्जनको राम्रो माध्यम देखेपछि गाँजा खेती लगाउने गरेका छन् । वैद्यानिकता दिने लामो समयदेखि चर्चा भएपनि गाँजा खेती नेपालमा आजको मितिसम्म अवैध नै रहेको छ ।

प्रहरीले वर्षेनि नारायणखोला पुगेर त्यहाँका स्थानीयले लगाएको गाँजा फडानी गर्दै आइरहेको छ ।