जिल्ला ट्राफिक कार्यालय सर्लाहीले उखु ढुवानी गर्ने सवारी साधनहरुबाट हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि दुर्घटना न्यूनीकरण विशेष अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर तथा मातहतका कार्यालयहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै रहेको छ ।


जस अन्तर्गत उखु ढुवानी गर्ने सवारी साधनहरुमा रातको समयमा टल्कने (fluorescent) ” सावधान उखु बोकेको सवारी ” लेखिएको व्यानर बितरण गर्ने, टाँस गर्ने ,नम्बर नलेखिएका सवारीहरुमा सवारी नम्बर लेखिदिने, ट्याक्टरको पछाडिको भागमा fluorescent स्टिकर टासँ गर्ने, सवारी चालकहरुले सडकमा सवारी चलाउँदा ध्यान पुर्याउनु पर्ने कुराहरु, ट्राफिक नियमहरुको सम्बन्धमा चालकहरुलाइ निरन्तर जनचेतनामुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले बताउनु भयो ।

सवारी साधन चलाउँदा ब्रेकिङ दुरि कायम गरौ । दुर्घटनाबाट आफू पनि बाचौ अरुलाइ पनि बचाऔ ।