चौंथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सर्लाहीको हरिपुर नगरपालिका–८, निवासी ९६ वर्षीय घननाथ घिमिरेलाई सम्मान गरिएको छ ।

लालबन्दी २ स्थित पद्म–भुुवनेश्वरी नमूूना वृद्ध सेवाश्रम जुुटपानीले आज बिहान आश्रममा एक कार्यक्रमको आयोजना गरी शिक्षाप्रेमी घिमिरेलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक दिवसको अवसरमा वर्षेनि समाजसेवामा टेवा पुुर्याउने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत यो वर्ष शिक्षाप्रेमी तथा आश्रमका अक्षयकोष दाता घिमिरेलाई दोसल्ला ओढाएर कदर–पत्रसहित सम्मान गरिएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।

घिमिरेलाई आश्रमका संरक्षक बासुदेवशरण कोइराला, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र लालबन्दी २ का वडाध्यक्ष किरणकुमार पासवानले संयुक्त रुपमा सम्मान गरेका छन् ।

ज्येष्ठ नागरिक दिवस कार्यक्रममा लालबन्दी नगरपालिका १३ का वडाध्यक्ष शिवकृष्ण वैद्य, लालबन्दी नगरपालिकाको महिला विकास शाखाकी प्रमुख डाककुमारी फूूँयाल, सशस्त्र प्रहरी बेस हरिवनका डीएसपी निरन थापा, बहुुजन पार्टीका राजाराम पासवान, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका वक्ताले युवा पुस्ता वैदेशिक रोजगारमा पलायन हुनेक्रम बढ्दो र घरमा बुुवा, आमाले स्याहार नपाउने समस्या सामाजिक चूनौति बनेको बताएका छन् । वृद्ध बुवा, आमामाथि छोरा–बुहारीको अपहेलना दुःखदायी र सामाजिक सँस्कृतिमै बिखण्डन आउने किसिमको रहेको वक्ताहरुको चिन्ता छ ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा आश्रममा आएर सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख (एसपी) विनोदराज खनालले ५ हजार नगद र हरिपुर नगरपालिका ४ हरैयाका परासरलाल झाले आश्रमलाई ४० किलो चामल प्रदान गरेका छन् ।