सर्लाही बसबरिया गाउँपालिका-२ मानपुर ८ कठाको उखुबाली जलेर क्षति भएको छ । मानपुर गोठ बस्ने लालबाबु सहनीको ८ कठा खेतको उखु आगोले जलेर १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार बिहिवार साढे ४ बजेको समयमा स्थानिय ठगा रायले आफ्नो खेतमा रहेको उखु खुटीमा आगो लागाउने क्रममा आगो सल्की सहनीको उखुबालीमा आंसिक क्षति भएको डिएसपी श्रेष्ठले बताए । आगलागीले मानविय र चौपया क्षति नभएको, घटना स्थलभन्दा २ किलो मिटर दक्षिणमा रहेको ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरी टोली र स्थानियले आगो नियन्त्रणमा लिएका थिए ।