मलंगवा जुनियर जेसिज सन् २०२५ का लागि नयाँ नेतृत्वका चयन भएको छ ।सदरमुकाम मलंगवा स्थित बाल मन्दिरमा शुक्रबार सम्पन्न मलंगवा जुनियर जेसिज सन् २०२५ का लागी अध्यक्षमा रोहन जोगी त्यसैगरी कार्यकरनी अध्यक्षमा रितिक मिश्र,गुडु मिकरानी,उपाध्यक्षमा रवि गुप्ता, मनदाकिनी झा,आयुषा अधिकारी र मुस्कान झा सर्वसहमत चयन गरिएको मलंगवा जुनियर जेसिजका पुर्व अध्यक्ष जेसी प्रीन्स गुप्ताले जानकारी दिए ।
निर्वाचन अधिकृत मलंगवा जेसिज संस्थापक अध्यक्ष जेसी सुबोध हरीराज उपाध्य, मुकेश मिश्र,रामलखन महतो मलंगवा जेसिज २०२५ का नव र्निवाचित अध्यक्ष प्रविन गुप्ता लगायतको पदाधिकारीको उपस्तिथिमा नयाँ नेतृत्व सर्वसहमत चयन गरिएको पुर्व अध्यक्ष गुप्ताले बताए । जुनियर जेसिजले प्रत्यक बर्ष नयाँ नेतृत्व चयन गर्ने प्रवधान अनुसार हरेकबर्ष नेतृत्व प्रदान गर्दे आएको छ ।