सर्लाहीको ईश्वरपुरमा आगलागी हुदा ५ लाख बराबरको क्षति भएको छ ।
शनिवार दिउँसो ईश्वरपुर नगरपालिका ७ पोखरीटोल बस्ने रामपुकार साहको राकेश गल्ला भण्डार रहेको दुईतल्ले पक्कीघरमा आगलागी भएको ज्ल्लिा प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
आगलगी खबर हुनसाथ प्रहरीटोली र हरिवन नगरपालिका बारुण यन्त्र र मलंगवा नगरपािलकाबाट गएको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रण लिईएको प्रहरीले जनाएको छ ।

आगलागीले घरभित्र रहेको फर्निचर,लताकपडा,गल्ला भण्डारमा रहेको जुटको बोरा जलेर ५ लाख बराबरको क्षति भएको हो ।
आगलागीको क्रममा घरभित्र रहेका २५ बर्षिय मुकेश कुमार साहलाई उद्धार गरी स्थानिय मेडिकलमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक उमाकन्त जोशीले बताउनुभयो । आगलागीको कारण भने खुलन नसकेका बुझिएको छ ।